समाचारमा केन्द्रित भएर मात्रै प्रिन्टेड मिडियाहरु अब सञ्चलन हुन सक्दैनन्ः मन्त्री शर्मा

सेयर गर्नुहोस्

१ पौष, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्रै अब प्रिन्टेड मिडियाहरु सञ्चलन हुन नसक्ने बताएकी छन् ।  आईतवार काठमाडौंमा द राइजिङ नेपालको ५८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले न्युज बेस भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा प्रिन्टेड मिडियाले विशेष विषयवस्तुको लिडिङ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको बताईन् । उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेको बताईन् । सूचना जनतासमक्ष लैजाने एउटा पाटो भएपनि जनताको कुराहरु र गुनासाहरु सकारसम्म पर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताईन् । मन्त्री शर्माले जनतासम्म सरकारले गरेका निर्णयहरु पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *