जाजरकोट भुकम्पपीडितलाई श्याम अधिकारी नेतृत्वको टोलिले गर्यो न्यानो कपडा बितरण

सेयर गर्नुहोस्

१ पौष, काठमाडौं । जाजरकोट राहत संकलन अभियान काठमाडौको टोलिले जाजरकोटका भुकम्पपीडितहरुलाई न्यानो कपडा बितरण गरेको छ । गत बुधबार जाजरकोट जिल्ला कुशे गाँउपालिका वडा न. ५ स्थित बाटुलेका नागरिकहरुलाई जाजरकोट राहत संकलन अभियान अन्तर्गत श्याम अधिकारी नेतृत्वको टोलिले काठमाडौबाट गएर न्यानो कपडा बिरण गरेको हो । गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट सर्बै बासस्थानहरु प्रभाबित भएपछि त्यस क्षेत्रका सम्पुर्ण नागरिकहरु खुल्ला आकाशमा त्रिपालमुनी बस्न बाध्य भएका छन्। कतिपय बालबच्चा र सुत्केरी तथा बृद्ध बृद्धाहरु चिसोको कारण मृत्यु भईसकेको छ । उक्त कुरालाई मध्यनजर गर्दै काठमाडौबाट  जाजरकोटको लागी न्यानो कपडाहरु जुटाएर गत बुधबार जाजरकोट जिल्ला कुशे गाँउपालिका वडा न. ५ स्थित बाटुलेका नागरिकहरुलाई न्यानो कपडाहरु बितरण गरेको जाजरकोट राहत संकलन अभियानका संयोजक श्याम अधिकारीले बताए । । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *