बाजुरामा ट्रयाक्टर दुर्घटना हँदा ४ जनाको मृत्यु

सेयर गर्नुहोस्

२ पुस, धनगढी । बाजुराको बडीमालिका नगरपालिकाको मेलकाँदमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुनातर्फ जाँदै गरेको सु प्र प्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर आइतबार साँझ मेलकाँदमा खडुकामा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा गौमुल गाउँपालिकाका ३३ वर्षीय चालक हिक्मत रोकाया, बडीमालिका नगरपालिका–२ का ३८ वर्षीय देवराज जोशी, बडिमालिका–१ का ३५ वर्षीय चन्द्रबहादुर दानी र बडीमालिका–२ की ३० वर्षीया कीर्ति रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *