देशको राजनीतिलाई अलपत्र अवस्थामा चलाउन दिँदैनौँः अध्यक्ष ओली

सेयर गर्नुहोस्

२ पौष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रुपमा चल्न दिन नसक्ने बताएका छन् । आईतवार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमामा जोड दिएको समेत बताएका छन् ।

उनले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाएका छन् । उनले अभियानले देशका जनतामा पुनः जागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे । अध्यक्ष ओलीले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *