तत्काल मन्त्रीमण्डल फेरबदलको कुनै सम्भावना छैनः मन्त्री शर्मा

सेयर गर्नुहोस्

२ पौष, काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रीमण्डल परिवर्तन गर्न सकिने भएपनि तत्काल मन्त्रिमण्डल फेरबदलको कुनै सम्भावना नरहेको बताएकी छन्। 

आईतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पारीन् । उनले सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताईन् । उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको समेत बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *