संघीयता पछिको विकास सन्तोषजनक छः प्रधानमन्त्री

सेयर गर्नुहोस्

२ पौष, काठवमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा संघीयता पछिको विकास सन्तोषजनक रहेको बताएका छन् । सोमवार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय सरकार बनेपछि, संघीय लोकतान्त्रिक गणतन्त्रका संविधान बनेपछि र स्थानीय सरकारलाई जनताको प्रत्यक्ष नियन्त्रण, निगरानी र हस्तक्षेपको सरकार जनताको सरकारको रुपमा परिभाषित गरिएपछि भएका विकास उत्साहबर्धक रहेको बताए । ७५३ तहकै अवस्था हेर्दा आफूले विकास निर्माण लगायतमा भएको काम सन्तोषजनक पाएको बताए । उनले नकारात्मक कुरालाई भन्दा सकारात्मक कुरामा ध्यान दिनपनि जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *