प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा

सेयर गर्नुहोस्

३ पुष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गर्न शीतल निवास पुगेका छन् । संसद्को अधिवेशन बोलाउनेलगायत सरकारले पछिल्लो समय गरेका निर्णयहरुकोबारे राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री शीतल निवास पुगेको उनको सचिवालयले जानकारी दिएको छ । 

राष्ट्रपति पौडेलले पछिल्लो समय सरकारका विभिन्न निकायले गर्नुपर्ने जनपक्षीय कामको बारेमा समेत सरोकार राखिरहेका छन् । प्रधानमन्त्रीमार्फत उनले सरकारको ध्यानाकर्षण गराइरहेका छन् । प्रधानमन्त्रीले आफ्नो एक वर्षे कार्यकालको विषयमा विशेष सम्बोधन गर्ने कुरा पनि राष्ट्रपतिसमक्ष राखेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *