योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छः प्रधानमन्त्री

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताएका छन् । सोमवार त्रिभुवन विश्वविद्याालयको ४९ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्नेसमेत प्रतिवद्धता जनाउए । उनले नेपालमा आधारभुत शिक्षामात्र निःशुल्क नभइ विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताए । उनले आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने पनि बताए ।

उनले उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लगिएको बताए । उनले भने, ‘कतिपय विकसित देशहरुमा आधारभुत शिक्षामात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ । हामी पनि सोही दिशामा अग्रसर भइरहेका छौ । आर्थिक हैसियत भएकाहरुको मात्र उच्च शिक्षामा पहुँच हुनु हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ । विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाइ समतामुलक, सबै वर्ग, समुदायले उच्च शिक्षा सर्वसुलभ हुनुपर्दछ । यसका लागि उच्च शिक्षा नीतिअनुरुप विश्वविद्यालय शिक्षामा पनि समयानुकल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ । देशको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहन्छ । त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबण्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिवद्धता जनाउँछु ।’ प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्वबजारमा अब्बल प्रमाणित गर्नसक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौति रहेको बताए । उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *