लामिछानेलाई कारबाही सिफारिस

सेयर गर्नुहोस्

३१ भदौ, काठमाडौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ८५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ। समिति सभापति सूर्य थापाले प्रतिनिधि सभाकोमा  बोल्दै गोर्खा मिडिया नेटवर्कमा आएको ८५ करोड सबै सहकारीको पैसा भएको बताएका छन्।

समितिले प्रतिवेदनको परिच्छेद १८ मा समितिले आफूलाई प्राप्त चार वटा कार्यादेशमा आधारित भएर सुझाव तथा सिफारिसहरु गरेको हो।  कार्यादेश ४ माथि प्रस्तुत   सुझाबको बुँदा नं ४ मा  निम्न व्यहोरा उल्लेख गर्दै लामिछाने  समेतलाई कारबाहि सिफारिस गरेको छ ।

कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन। खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छ्न्, त्यसवापत दायित्व  ग्रहण गर्नु पर्दछ। सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,

Leave a Reply

Your email address will not be published. Required fields are marked *