३१भाद्र, विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रले गत भदौ १४ गते सरकारको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको थियो । समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।
संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिन लागेका हुन्।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक कांग्रेसका २९ सांसद छन् ।