एनसेलको शेयर खरिद बिक्री अस्वभाविक छः प्रधानमन्त्री

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिद बिक्री अस्वभाविक रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उाले यस्तो बताएका हुन्् । उनले एनसेलको वैदेशिक लगानी शेयर खरिद बिक्री, कर राजश्व, विदेशी मुद्रा सटही समेतको विषयमा प्रमाण तथा कागजात संकलन भइरहेको बताए ।

उनले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् । उनले एनसेल प्रकरणमा कतै, कसैबाट कानून विपरितका काम कारबाही भए गरेको पाइए कानूनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *