महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान पक्राउ

सेयर गर्नुहोस्

५ पौष, कैलाली । कैलालीमा महिलालाई दुव्र्यवहार गरेको आरोपमा एक प्रहरी जवान नै प्रहरी हिरासतमा पुगेका छन् । महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर हिरासतमा पुगेका हुन् । 

धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले सार्वजनिक मुद्दामा प्रहरी जवान विष्टलाई थुनामा राखिएको बतताए ।  विष्टविरुद्ध महिलाले जाहेरी दर्ता गराएपछि प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *