आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छः देउवा

सेयर गर्नुहोस्

६ पौष, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीवार पार्टीको मधेस प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताउदै अहिले काँग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रुपमा स्थापित गर्न नेता÷कार्यकर्ताहरुलाई आग्रह समेत गरे । नेपालको राजनीतिलाई सुदृढीकरण गर्न काँग्रेसले काम गरिरहेको बताउदै सभापति देउवाले आगामी दिनमा काँग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने समेत बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *