६ पौष, काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले संसदीय समिति बनाएर चिनियाँ जहाजबारे छानबिन गर्न समिति बनाए जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका हुन् । नेपाल एयरलाइन्सले आजमात्रै ५ वटा चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको थियो । सांसदहरुको सोही जिज्ञासाबारे जवाफ दिँदै मन्त्री किराँतीले दोषीलाई कारबाही गर्नेगरी छानबिन समिति बनाए लिलामी फिर्ता गर्ने प्रतिवद्धता जनाउदै उनले वर्षमा २० करोड भन्दा बढी घाटा व्यहोरेर चिनियाँ जहाज राखिरहेको र अब पनि घाटा व्यहोरेर जहाज राखिरहन नसक्ने भएकाले लिलामी गर्न खोजेको बताए।
उनले भने, ‘चिनियाँ जहाज सेतो हात्ती भयो, सेतो हात्ती भयो, संसद थर्काउने हामी त हो । हामी नै हो, संसद, पत्रपत्रिका, चिया पसलमा बोल्ने रु निकाय दिऔँ भनेर टेण्डर निकाल्यो किन भन्छन् रु गर्नु के रु यो चाहीँ केही न केही बहस होस् भनेर नै टेण्डर निकालेको हो । कि त अब उपाय निकाल्नुहोस्, यो समितिले । छानबिन समिति बनाइदिनुहोस् न त हामी फिर्ता गरिहाल्छौँ नि । तर दोषीलाई कारबाही गर्नेगरी । कर्मकाण्डी होइन । २० करोड भन्दा बढी घाटा वर्षमा हामीले चिनियाँ जहाजलाई तिरेर राख्नुपरेको छ । त्यसको इन्स्योरेन्स र पार्किङको । यो जहाज एमआई ६० दुई वटा छ, वाइट १२ तीन वटा छ । जम्मा ५ वटा छ । कसरी किन किनियो कसको स्वार्थमा किनियो थाहा छैन ।’
मन्त्री किराँतीले देशका लागि काम गर्न खोज्दा नपाएको गुनासो समेत गरे। उनले केही नयाँ काम गर्न लाग्दा अख्तियारदेखि अदालतसम्म धाउनुपर्ने अवस्था रहेको बताए । उनले कामका लागि अघि बढ्दा बढ्दै जुत्ता फाटिसक्ने भन्दै काम गर्ने वातावरण नभएको टिप्पणी गरे । उनले भने, ‘हामी सबैलाई जिम्मेवारी पदमा बसेपछि परिणाम दिने इच्छा हुन्छ नै । जिम्मेवारी पदमा बसिसकेपछि केही न केही जीवनमा अमिट छाप दिएर जाउँ भन्ने सबैलाई हुन्छ नै । मलाई पनि छ । तर गर्न खोज्दा खोज्दै सजिलो त छैन । काम पनि गर् भन्ने कोइला खानीमा पस भन्ने सेतो सटमा वेदाक निस्की भन्ने, हिरा पनि ले भन्ने सेतो सट नै हुनुपर्छ भन्ने । काम नगरे जागिर पाक्छ, पद भजिन्छ, काम गरे विवाद हुन्छ । के गरौँ । काम नगरौँ ? सलामी खाउँ, कुर्सीमा बसौँ वा विवादित हुँदै पनि काम गरौँ । यो प्रश्नको जवाफ टड्कारो भएको छ । एउटा निकायले काम गर्नको लागि हामी त कानून बनाउने विधायकहरु हौँ । मैले थाहा पाउँदा नै मन्त्री, उपप्रधानमन्त्रीहरु भइसकेको मानिस हुनुहुन्छ, कानून कसरी बनाउने यतातिर पनि अलिक बढी बहस गर्नुपर्छ । शासकीय स्वरुपको सुधार कसरी गर्ने रु एउटा काम गर्न थाल्नुपर्छ, अख्तियारले रातो घरमा बोलाइहाल्छ, अदालत, जिल्ला अदालत, उच्च अदालत, सर्वोच्चमा जानैपर्छ । महालेखा परीक्षकको कार्यालय धाउनैपर्छ । सार्वजनिक खरिद ऐन, अनुगमन कार्यालय पुग्नैपर्छ । संसदीय समितिमा त कान समातेर उठबस गर्नैपर्छ । राष्ट्रिय शतर्कता केन्द्रमा पनि जानैपर्छ । विभिन्न समयमा गठित समिति त्यत्तिकै छन्, कतिखेर काम गर्नु । परिणाम दिनुपर्नेछ, धाउँदाधाउँदै जुत्ता पाmटिरहेको छ ।’ मन्त्री किराँतीले आफूलाई परिणाम दिनेगरी काम गर्न मन लागेको भएपनि काम गर्न नपाएको बताएका छन् ।