आज नसकिएपछि भोलि (बुधबार) पनि चितवनमा लामिछानेको बयान लिइने

सेयर गर्नुहोस्

१८ मंसिर, काठमाडौं –सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ ।सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोका अनुसार आज नसकिएपछि भोलि (बुधबार) पनि उनको बयान लिइनेछ ।चितवनमा पनि सहकारी ठगीको उजुरी परेपछि लामिछानेलाई मंगलबार बिहान चितवन लगिएको थियो ।

चितवनमा सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध गत मंसिर ५ गते पूरक जाहेरी दर्ता भएको थियो ।गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही दिन कास्की लगिएको थियो । त्यसपछि रुपन्देही र काठमाडौंमा बयान सकेर उनलाई मंगलबार चितवन लगिएको हो ।

यसअघि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पनि चितवन लगेर बयान गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *