डोनाल्ड ट्रम्प २०२४ मा राष्ट्रपतिको चुनाव लड्न अयोग्य

सेयर गर्नुहोस्

६ पौष । कोलोराडोको सर्वोच्च अदालतले  डोनाल्ड ट्रम्पलाई  सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको ठहर गरेको छ । अमेरिकी क्यापिटलमा जनवरी ६ मा भएको दंगाका कारण डोनाल्ड ट्रम्प सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार हुन अयोग्य रहेको फैसला आएको हो । सर्वोच्च अदालतले ४–३ मतको आधारमा विद्रोहमा संलग्न व्यक्तिहरूलाई पदमा उम्मेदवार हुनबाट प्रतिवन्धित गर्ने १४ औं संशोधनको धारा ३ को प्रावधान अन्तर्गत ट्रम्पलाई प्रतिवन्ध लगाइएको बताएको छ । 

कोलोराडोको राज्य सचिवलाई ट्रम्पको नाम सूचीवद्ध नगर्न पनि आदेश दिएको छ । ट्रम्पले आदेशको खण्डन गरेका छन् । कोलोराडो र अन्य राज्यहरूमा पनि यस मुद्दालाई निराधार र लोकतान्त्रिक विरोधी बिरोध भइरहेको छ । यो मुद्दा अब अमेरिकी सर्वोच्च अदालतमा जाने बताइएको छ । ट्रम्पको अभियानका प्रवक्ता स्टीवन चेउङले छिट्टै अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *