गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छः देउवा

सेयर गर्नुहोस्

८ पौष, काडठमाडौं । नेपाली काग्रेसका सभापती शेर बहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् । सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।

आईतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरुले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए । उनले नेता स्व। भट्टराई कुनैपनि बद्नामले नछोएको व्यक्ति भएको बताए । उनले नेता भट्टराईको खोनिनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *