८ पौष, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन् । पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आईतवारसञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्युह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए । उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए । अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताएका छन्।