क्रिसमसले सामूहिक भावनालाई विकसित गर्छ : सभापति देउवा

सेयर गर्नुहोस्

९ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिदै चाडपर्वहरूले एकता र मेलमिलापको आधार स्थापना गर्ने बताएका छन् ।

विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरू भएको हाम्रो मुलुकमा प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने आफ्नै सद्भावयुक्त परम्परा रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *