सर्बाधिक लोकप्रिय मतसहित नेपाल जेसीसको कार्यकारी उपाध्यक्ष पदमा अनुप सुनुवार बिजयी

सेयर गर्नुहोस्

८ पौष,काठमाडौं । नेपाल जेसीसको कार्यकारी उपाध्यक्ष पदामा सर्बाधिक मत सहित अनुप सुनुवार बिजयी भएका छन् । बुटवलमा सम्पन्न ५०औं महाधिवेशनबाट तीन प्रतिस्पर्धीलाई हराउँदै कार्यकारी उपाध्यक्ष पदमा सबै भन्दा बढि मत ल्याएर बिजयी हासिँल गरेको हुन् । सुनुवारले ६८१ मत पाँउदा उनका निकटतम प्रतिष्पर्धी राजाराम गौतमले ६७२ मत पाएका थिए । जेसीसको अन्य उम्मेद्धार भन्दा सर्बाधिक मत ल्याएर कार्यकारी उपाध्यक्षमा बिजयी भएका सुनुवार २०२२ काठमाडौ जेसीजको अध्यक्षका रुपमा काम गरिसकेका छने भने २०२३ मा नेपाल जेसीजको उपाध्यक्ष पद सम्हालिसकेका छन् । लामो समय देखीनै बिभिन्न संघसस्थाहरुमा आवद्ध हुँदै युवाहरुमाझ लोकप्रिय कामहरु गर्दै आएका सुनुवार यसपटक सबैको मन जित्दै बुटवलमा भएको ५० औँ महाधिबेशनबाट लोकप्रिय सर्बाधिक मतसहित कार्यकारी उपाध्यक्ष पदमा निर्बाचित भएका छन् ।

त्यस्तै नेपाल जेसिसको अध्यक्ष पदमा ५१० मतसहित रविन पोखरेल निर्बाचित भएका छन् । कार्यकारीणी उपाध्यक्षमा, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी भएका छन् । महासचीव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भएका छन् । उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भएका छन् । नेपाल जेसीसको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *