देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी होः प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

१० पौष, काडठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु साझा जिम्मेवारी भएको बताउएका छन् । मंगलवार ज्यापु संस्कृति विकास कोषले २० औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको सांस्कृतिक परम्परालाई जर्गेना गर्नु साझा जिम्मेवारी भएको बताएका हुन् ।

उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता, मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको बताउदै विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य निधी भएका पनि बताए। प्रधानमन्त्री दाहालले ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *