राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति

सेयर गर्नुहोस्

१२ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सात निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात प्रदेश राजधानीमा हुने निर्वाचनका लागि प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मा दिइएको छ । आयोगले जारी गरेको सूचना अनुसार कोशीमा मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल निवाचन अधिकृत छन् । त्यस्तै मधेशमा धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमतीमा मकवानपुरका जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकीमा कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला निर्वाचन अधिकृत बनेका छन् ।

लुम्बिनीमा दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णालीमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिममा कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल निर्वाचन अधिकृत बनेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनीहरुको नियुक्ति पुस १६ गतेदेखि लागू हुने आयोगको भनाइ छ । उनीहरुले १६ गते नै सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *