सुदूर पश्चिमलाई ८ विकेटले पराजित गर्दै कोशी महिला क्रिकेटको प्लेअफमा

सेयर गर्नुहोस्

१२ पुस, काठमाडौं । सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पार्दै कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको प्लेअफमा स्थान सुरक्षित गरेको छ । ६ मध्ये ५ खेल जित्दै कोशीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । एपीएफपछि प्लेअफमा स्थान सुरक्षित गर्ने कोशी दोस्रो टिम हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध जितका लागि पाएको ११९ रनको लक्ष्य कोशीले १७।४ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो । कोशीलाई तिजाउन ओपनर दुई काजल श्रेष्ठ र रुबिना क्षेत्रीले शतकीय साझेदारी गरे । ११८ रनको साझेदारी गरेर काजल जितका लागि १ रन बाँकी हुँदा अनु कडायतको बलमा लक्ष्मी साउदको हातबाट क्याच भइन् । ४८ बल खेलेकी काजलले ८ चौकाको मद्दतमा ५४ रन बनाइन् । ५५ बलमा ८ चौका हानेर ५१ रन बनाएकी रुबिना नट आउट रहिन् ।

काजल आउट भएपछि ब्याटिङमा आएकी अप्सरी बेगम डकआउट भइन् । त्यसपछि विमला मलाहाले आफ्नो दोस्रो बलमा चौका हान्दै टिमलाई जिताइन् । त्यसअघि पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । उसका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । उनले ३९ बलमा ५ चौका प्रहार गरिन् । सम्झना खड्काले २७ रन बनाइन् । कविता जोशी २६ रेवती धामी २० मा अविजित रहिन् । कोशीका लागि सबनम राई र अप्सरी बेगमले समान १र१ विकेट लिए । कोशीले ६ खेलमा एक मात्र हार बेहोरेको छ । कोशी एपीएफसँग ८ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *