भोजपुरमा निर्माणाधीन पक्की पुल भत्कियो

सेयर गर्नुहोस्

१२ पुस, काठमाडौं । भोजपुरको इर्खुवा खोलामा निर्माणाधीन पक्की पुल भत्किएको छ । षडानन्द नगरपालिका वडा नम्बर २ र साल्पा सिलिछो गाउँपालिका वडा नम्बर ३ जोड्ने पुल आज बिहान भत्किएको हो । पुल ढलानको तयारी थियो । ढलानका लागि छड राखिसकिएको थियो । तर फर्मा भाँचिएपछि सबै तल खसेको प्रहरी निरीक्षक दल कुमार राईले जानकारी दिए । उनका अनुसार यो घटनामा मानवीय क्षति भने भएको छैन । पुल भत्किएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल प्रस्थान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *