एनसेलबारे छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिन्छ : सञ्चारमन्त्री

सेयर गर्नुहोस्

१२ पुस, काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको बताएकी छन् । एनसेल बिक्रीबारे संसदको शिक्षा समितिमा बिहीबार भएको छलफलमा मन्त्री शर्माले पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् । ‘कानुन बमोजिम काम भएका छैनन् भने जोसुकै पनि कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति गठन गरेको हो,’ ३० दिनको समय पाएको समितिले समयमै कामसक्ने भन्दै उनले भनिन्, ‘अहिले अध्ययनमै भएको हुनाले के हुनेवाला छ भन्न छिटो होला ।

समितिले आफ्नो छानबिन सक्नासाथ सरकारले आवश्यक निर्णय लिने उनले बताइन् । अघिल्लो महिना मलेसियाको टेलिकम जायन्ट आजियाटाले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६५ करोडमा बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो । लाभकर छल्न र २०२९ पछि एनसेल नेपालको स्वामित्वमा आउन नदिन शेयर खरिद बिक्री भएको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *