पार्टीमा उमेरहदको सान्दर्भिकता सकियो : झलनाथ खनाल

सेयर गर्नुहोस्

१२ पौष,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता वं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा उमेरहदको सान्दर्भिकता नै नभएको बताएका छन् । पार्टीको नवौं महाधिवेशनमा ७० वर्षे उमेरहद राखिएपनि यसको सान्दर्भिकता नदेखिएको सम्मानित नेता खनालको भनाई थियो । बुधवारबाट ललितपुरमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले लागू नगरिएकाले पार्टीमा उमेरहदको सन्दर्भ हराइसकेको दाबी समेत गरेका छन् ।

सम्मानित नेता खनालले उमेरहद राख्ने तर विचारवान नेताहरु जन्माउन नसकिएको पनि स्मरण गराउदै उनले आगामी महाधिवेशनमा पार्टीमा युवाहरुको व्यापक उपस्थिति हुनेगरी विधान बनाउनुपर्ने कुरामा पनि जोड दिए । सम्मानित नेता खनालले पार्टी कमिटीका आकारहरु पनि घटाउनुपर्ने प्रश्ताव गरे । ठूलो कमिटी खर्चिलो र भद्दा हुने भएकाले यसको आकार कटौति गर्न आवश्यक रहेको उनको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *