रोजगार र अध्ययनका लागि विदेश जानेलाई अब तीन दिनभित्र लाइसेन्स

सेयर गर्नुहोस्

११ पुस, काठमाडौं । यातायात व्यवस्था विभागले अबदेखि विदेश अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीलाई तीन दिनभित्र सवारी चालक अनुमति पत्र दिने भएको छ । उनीहरुले लाइसेन्स शीघ्र पात्न गर्न १५ पुसदेखि निवेदन दिन सक्नेछन् ।

निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ । तीन कार्यदिन भित्र कार्ड छपाइ गर्ने लक्ष्यमा विभागले प्राविधिक समस्या नआएमा भन्ने शर्त भने राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *