सिरहाको होटलमा महिला लिएर गएका पुरुषको मृत्यु

सेयर गर्नुहोस्

११ पुस, सिरहा । सिरहाको मिर्चैयास्थित एक होटलमा महिलासहित गएका एक पुरुषको मृत्यु भएको छ । मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा बुधबार मध्यान्ह १२ बजेतिर एक महिलासहित गएका कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेशप्रसाद कर्णको मृत्यु भएको हो ।महिलासहित उनी होटलमा बास बस्ने गरी आएर कोठा लिएका थिए । तर, कोठामा गएको १० मिनट पनि नबित्दै महिला ‘मेरो राजालाई के भयो’ भन्दै तल झरेको होटेलका सञ्चालक विजय यादवले बताए ।

उनका अनुसार उनिसंगै होटलमा बस्न आएका ‘महिला रोइकराई गर्दै आएलगतै हामी सबैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए । तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्‍यायौँ । तर, स्वास्थ्यकर्मीले मृत घोषित गरे । जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए । उनले मृतकको मुख बाङ्गो भएको छ । त्यो देख्दा उच्च रक्त चापले हानेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिए पनि पोष्टमार्टमपछिमात्र मृत्युको कारण खुल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *