शैक्षिक योग्यतामाथि प्रश्न उठाँउदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर

सेयर गर्नुहोस्

१२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिरुद्ध शैक्षिक योग्यतामाथि प्रश्न उठाँउदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० ले गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएपनि गर्भनर अधिकारीले स्नाकोत्तर नगरेको दाबी गरिएको छ । अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले संयुक्तरूपमा दायर गरेको रिट बिहीबार दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

अधिवक्ताहरूले दायर गरेका रिटमा गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाएका छन् । मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा सर्वोच्च अदालतले शुक्रबारको पेसी तोकेको छ । न्यूनतम शैक्षिक योग्यता नै नभएको व्यक्ति गर्भनरमा राखिरहनु उपयुक्त नहुने भन्दै अधिकारीको नियुक्ति बदर गर्नुपर्ने रिटको माग छ । गभर्नर अधिकारी चार्टर्ड एकाउन्टेन्ट रहेको र त्यो स्नातकोत्तर वा सो सरहको शैक्षिक योग्यता नभएको पनि रिटमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *