मानवीय त्रुटिकै कारण यती एयरलाइन्स दुर्घटना भएको निष्कर्ष

सेयर गर्नुहोस्

११ पौष,काठमाडौँ । जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको फाइनल (अन्तिम) रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाएको हो ।  गत वर्ष माघ १ गते काठमाडौँ–पोखरा उडानका क्रममा रहेको यती एयरलाइन्सको एटीआर–७२ ९एन–एनएनसी जहाज पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाकै मृत्यु भएको थियो । उक्त घटनाको यथार्थ छानबिन गर्न गठित छानबिन समितिले प्राविधिक नभएर मानवीय त्रुटिकै कारण घटना भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

उक्त दुर्घटनामा जहाजको दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । उक्त स्थितिमा जहाज मुभ हुन नसकी सिँधै भुईँमा बजारिन पुगेको प्रतिवेदनमा भनिएको छ । यसो हुनुमा चालकको गम्भीर गल्तीका कारण तत्काल जहाजलाई अप्रेसनमा लैजान नसकेको र अन्ततः दुर्घटनामा परेको प्रतिवेदनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *