प्रदर्शनमा उत्रिएका युवाद्वारा मन्त्रीको गाडीमा आगजनी [ फोटोफिचर ]

सेयर गर्नुहोस्

१३ पौष, काठमाडौं ।  रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका छन् ।  ललितपुरको बालकुमारीमा आन्दोलनरत इपीएस परीक्षाका मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।  बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *