सन्दीपलाई ७ देखि १० वर्ष जेल सजाय हुन सक्ने

सेयर गर्नुहोस्

१३ पौष,काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई सजायको आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ ९ङ० अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ । कति वर्ष सजाय भन्ने अहिले निर्धारण भएको छैन । अदालतले गौशाला २६ लाई बालिग ठहर्याएको छ । उमेरले बालिग भएपनि जबरजस्ति करणी गरेको भन्दै अदालतले सन्दीपलाई सजाय सुनाएको हो । सजाय निर्धारणका लागि २५ गते पेशी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *