खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति

सेयर गर्नुहोस्

१७ पौष, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन । राष्ट्रपति पौडेलले खेलकुदले युवालाई शारीरिक रुपमा स्वस्थ बनाउने बताउदै खेलकुदले सामाजिक जीवनलाई समृद्धिपूर्ण बनाइ सांस्कृतिक अनुभुति प्रदान गर्ने उल्लेख गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान भएको बताएका छन् । मंगलवार काठमाडौंमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउन र विद्यार्थीमा सीप, ज्ञान, सामाजिक मूल्यको आर्जन तथा कार्य तत्परता विकास गर्ने माध्यम भएको बताएका हुन् ।

उनले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताए । उनले कक्षा कोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क मात्रै खुलाउने र खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील र अनुशासित बनाउने बताएका छन् । उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन नसक्ने बताउदै परिवार, समाज र परिवेश समावेशबाट सिक्ने तथा गरिखाने पुस्तक विहीन शिक्षा पनि आजको आवश्यकता भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *