खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुस्ः बालेन्द्र साह

सेयर गर्नुहोस्

१७ पौष,काठमाडौं । काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र साहले हरेक खेलहरुमा एक अर्कालाई प्ररित गर्नुपर्ने बताएका छन् । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा करिव ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुपर्ने बताएका हुन्। उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । उनले मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए । मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *