मेलम्चीको पानी युद्धस्तरमा काठमाडौंवासीलाई वितरण गरियोस्ः पूर्वप्रधानमन्त्री खनाल

सेयर गर्नुहोस्

१७ पौष,काठमाडौं । नेकपा एकिकृत समाजवादीको सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले काठमाडौंवासीलाई आवश्यक खानेपानी आपूर्ति गर्न सरकारसँग आग्रह गरेका छन् । सोमवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा मेलम्चीको पानी काठमाडौं उपत्यका छिटो वितरणको माग गर्दै लिमिटेडलाई ज्ञापन पत्र बुझाउँदै उनले यस्तो बताएका हुन् । \

उनले काठमाडौंमा पानीको संकट दिनानुदिन बढेर गइरहेको बताए । उनले सरकारले पानीको आपूर्ति बिस्तार गर्न नसक्दा समस्या झनै बढेर गएको जिकिर गर्दै पानीको आपूर्ति गर्ने कुरामा सरकारले गम्भीरतापूर्वक लिइ चाँडो भन्दा चाँडो मेलम्चीको पानी वितरण गर्नुपर्ने बताए । पूर्वप्रधानमन्त्री खनालले मान्छेले आफ्नो जीवन बचाउन नपाए जे गर्न पनि बाध्य हुने अवस्थालाई सरकारले बुझ्न जरुरी रहेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *