विदेशमा गइ परिवार पाल्छु भन्ने दुई युवालाई सरकारले मारेको हो : सभापति लामिछाने

सेयर गर्नुहोस्

१७ पौष,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गइ कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या सरकारले गरेको भन्दै बिरोध गरेका छन् । सोमवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका बालकुमारीमा दुई जना युवाले ज्यान गुमाएको जिकिर गरेका छन् ।

उनले सरकारले दुई युवाहरुको हत्या गरेको बताउदै भुसको थुप्रोमुनि हराएको सियो र गृहमन्त्री र समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी समेत गरेका छन । उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ रु भन्दै प्रश्न गरे । सभापति लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *