सरकारले रंगभेदी विभेद गर्याे : सिके राउत

सेयर गर्नुहोस्

१७ पौष,काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरुलाई रंग विभेद गरेको आरोप लगाएका छन् । सोमवार माईतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरुलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला रु भन्दै प्रश्नसमेत गरे । उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रश्तावका रुपमा लैजाने बताए ।

उनले मधेसी मुलकी मन्त्री भएकै कारण संघीय मामिता तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए । उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ रु भन्दै प्रश्न गरे । मधेसी मुलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौति दिए । सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्नमिल्छ रु भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *