कार्यपालिकाको निर्णय प्रमाणीकरणमा अनियमितता गरेको भन्दै महानगरका तीन कर्मचारी निलम्बनमा

सेयर गर्नुहोस्

१७ पौष,काठमाडौं । काठमाडौँ महानगरपालिका कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको आरोपमा महानगरका तीन कर्मचारी निलम्बनमा परेका छन् ।
महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । उनीहरुले महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्दा फरक ब्यहोरा लेखिएको आरोप छ ।

उनीहरुले कार्यपालिकाले वडा नं १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेपनि निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको आरोप छ ।वडा नं १९ नम्बर वडाका वडाध्यक्ष राजेशकुमार श्रेष्ठले समेत उक्त गल्ती भएको बताएका छन् । आफूहरुले प्रस्ताव र निर्णय गर्दा ५ जनालाई निरन्तरता दिने निर्णय गरेको तर प्रमाणीकरण गर्ने क्रममा ६ जनालाई निरन्तरता देखिएको उनले बताए ।यस विषयमा महानगरका प्रमुख बालेन शाहले छानबिन अघि बढाएका छन् । उनले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई समेत बिदामा बस्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *