कांग्रेसको अनुमती पाए अन्य दलसंगँ कुरा मिलाएर प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन गर्नुहुन्छः सापकोटा

सेयर गर्नुहोस्

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग कुरा मिलाएर मन्त्रिमण्डलको हेरफेर गर्ने तयारीमा रहेको बताएका छन् । गठबन्धनको सरकार रहको र त्यसमा पनि नेपाली कांग्रेसको राय विना पुनर्गठनमा समस्या रहेको भन्दै सरकारका कामलाई प्रभावकारी बनाउने योजना अनुसार प्रधानमन्त्रीले कांग्रससँग छलफल गरेर मात्र हेरफेर गर्न चाहेको बताए ।  प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्रिमण्डल पुनर्गठन गरी सरकारका कामलाई प्रभावकारी बनाउने योजना बनाउनु भएको छ । तर, त्यसमा कांग्रेस र अरु दल पनि छन् । कुरा मिलाएर उहाँले मन्त्रिपरिषदमा हेरफेर गर्नुहुन्छ । पार्टीमा पनि यहि कुरा भएको छ, उनले भने ।

मंगलबार पेरिसडाँडास्थित आयोजित पत्रकार सम्मेलनमा सापकोटाले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिले पुनर्गठनका लागि तयारी गरिरहेको भन्ने बुझिने बताए । गठबन्धन सरकार भएकाले गठबन्धनमा राम्रोसँग समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको उनको भनाइ छ ।  प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दै छु भन्ने छ । गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ, उनले भने । ठोस समीक्षा गरेर प्रधानमन्त्री टुंगोमा पुग्ने उनले बताए । उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ । त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *