विश्वविद्यालयका उपकुलपति नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्नुपर्छ : अध्यक्ष बडाल

सेयर गर्नुहोस्

१८ पौष,काठमाडौँ । विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालय सुधारका लागि उपकुलपति नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने बताएका छन् । पब्लिक यूथ क्याम्पस कमिटी काठमाडौँको १३औँ क्याम्पस कमिटी सम्मेलनलाई सम्बोधन गर्दै उनले भने आज विश्व विद्यालयहरूको अवस्था किन यस्तो भयो रु यसमा हामी सबै गम्भीर हुनु जरुरी छ । जब विश्वविद्यालयहरू राजनीतिक भागबन्डाको सिकार भए, परिणाम स्वरूप शिक्षा क्षेत्र अस्तब्यस्त भएको छ । उनले विश्वविद्यालय सुधारका लागि अनेरास्ववियुले सङ्घर्ष गर्ने बताए । सम्मेलनले नीराजन विक्रम शाहीको अध्यक्षमा ३७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *