राष्ट्रियसभा सदस्यको सीट मिलाउन कांग्रेस र माओवादीलाई सकस

सेयर गर्नुहोस्

१८ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको सीट मिलाउन नेपाली र कांग्रेस नेकपा माओवादीलाई सकस पर्ने देखिएको छ । उक्त बिषयलाई लिएर यतिबेला निरन्तर छलफलमा जुटिरहेका छन् । दुई दिनदेखि उनीहरुबीच निरन्तर छलफल हुँदै आएको छ । 

तर, कांग्रेसले कति सीट लिने र माओवादीले कति सीट लिने भन्नेमा सहमति जुटेको छैन । सत्ता गठबन्धनमा पहिले दुई दलमा सहमति भएपछि अरु दलसँग छलफल गर्ने तयारीमा उनीहरु छन् । बुधबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् । आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *