राष्ट्रियसभा सदस्यको सीट बाँडफाडको लागी गठबन्धनले एमालेलाई बोलाउने

सेयर गर्नुहोस्

१८ पुस, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभाको २० सीटमा प्रमुख विपक्षी दल नेकपा एमालेसँग पनि सहकार्य गर्ने भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताको छलफलमा एमाालेलाई बोलाउने सहमति भएको हो । एमालेलाई सीट दिनेबारे छलफल गर्न गठबन्धनको पनि बैठक बोलाइएको छ ।

आज कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीको संयुक्त बैठक अपराह्न तीन बजे बोलाइएको छ । गठबन्धनको बैठकपछि साँझ ५ बजे नेकपा एमालेसँग संयुक्त बैठक बस्ने भएको हो ।बुधबार बिहानको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए । यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायतका नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *