नवलपरासीमा बाढीको समस्या समाधान गर्न गुरुयोजना बनाइ काम गरिरहेको छुः विनोद चौधरी

सेयर गर्नुहोस्

१९ पौष,काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा बाढीको समस्या समाधानका लागि आफूले मास्टर प्लान बनाएर काम गरिरहेको बताएका छन् । बुधवार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत वडा न। १ भिठ्ठा बर्गदवामा १०८ शतचण्डी महायज्ञको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । नाले सुस्ता—बर्दघाटमा ६ वटा नदीमा बाढीको समस्या रहेकाले त्यसको दीर्घकालीन समस्या समाधानका लागि गुरु योजना बनाइ काम गरिरहेको बताए ।

उनले अहिले आगामी आर्थिक वर्षको बजेटमा सो क्षेत्रको समस्या समाधानका लागि सो योजना पार्न अर्थमन्त्रालयमा प्रयास जारी राखेको बताए । २ अर्ब ६० करोड लगभगको सो बजेटलाई मूर्त रुप दिनसके ४ वर्षमा सो क्षेत्रबाट बाढीको प्रकोपबाट जनता मुक्त हुने बताए । यसअघि बाढीको समस्या समाधान गर्नुभन्दा समस्यालाई डरलाग्दो बनाइराखेर राजनीति गर्ने काम भएको बताए । श्री बाउन्नगढी काली मन्दिर संरक्षण प्रवद्र्धन गर्ने उद्देश्यले श्री शतचण्डी महायज्ञ आयोजक मुल समितीद्वारा आयोजित महायज्ञमा भक्तजनहरुको उल्लेखनिय उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *