एमालेलाई राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्नुपर्छ : महासचिव पोखरेल

सेयर गर्नुहोस्

१९ पौष,काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेलाई राष्ट्रिय शक्तिकारुपमा स्थापित गर्नुपर्ने बताएका छन् । राष्ट्रिय अपाङ्गता सङ्गठन नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रम उनले एमालेलाई राष्ट्रिय आवश्यकता पूरा गर्नसक्ने बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी भएको बताए । देशलाई आर्थिक समस्याबाट मुक्त गर्नेजस्ता चुनौतीबाट बाहिर निकाल्ने सङ्कल्पकासाथ पार्टी लाग्नुपर्ने बताउँदै उनले मुलुकलाई जोगाउन एमाले बलियो राष्ट्रिय पार्टीकारुपमा स्थापित हुन जरुरी रहेको बताए । 

महासचिव पोखरेलले सबैको प्रयासले एमाले अहिलेको ठाउँमा उभिन सफल भएको भन्दै त्यसमा सन्तुष्ट भएर बस्न नहुने बताए । उनले पार्टीको सङ्गठनको दायरा फराकिलो बनाउन लागिरहेको भन्दै सबै समुदायलाई सङ्गठित गरेर पार्टीसँग जोड्नुपर्ने बताए । महासचिव पोखरेलले अपाङ्गताका नाममा भएका सामाजिक विभेद र उपेक्षालाई राज्यको कानुन र संरचनागत प्रबन्धद्वारा हटाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुको सम्मान गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *