चीन र भारतसँग नेपालले प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै होः वर्षमान पुन

सेयर गर्नुहोस्

२० पौष,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भानरतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताएका छन् । बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए ।

उनले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने समेत बताएका छन् । उनले नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको बताएका छन् । उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमानाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताउदै उनले भारतसँगका सीमाना नजिकमा क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *