भ्रमण सकेर भारत फर्किए विदेशमन्त्री एस जयशंकर

सेयर गर्नुहोस्

२० पुस, काठमाडौं । नेपालको दुइदिने भ्रमण पूरागरि भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन् । बिहीबार काठमाडौं आएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरूसहित विभित्र राजनीतिक दलका नेतासँग भेटवार्ता गरेका थिए भने विभिन्न बैठकमा सहभागी भए । स्वदेश फर्किनुअघि शुक्रबार बिहान उनले पशुपतिनाथको दर्शन गरेका थिए । नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री जयशंकर शुक्रबार मध्याह्न स्वदेश फिर्ता भएका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले विदाई गरे । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन आएका जयशंकरले बिहीबार उच्चस्तरीय भेटवार्ता गरेका थिए । यस्तै आयोगको बैठकपछि नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान भएको थियो । शुक्रबार जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *