ओलीलाई भेट्न बालकोट पुगे रबि लामिछाने

सेयर गर्नुहोस्

२० पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा भएको भेटघाटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा सामान्य छलफल भएको रास्वपा उपसभापति डीपी अर्यालले बताएका छन् ।

रवि बालकोटबाट करिब एक घण्टाको छलफलपछि फर्किएका छन् । राष्ट्रियसभामा एमालेलाई समेट्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावले गठबन्धन दलमा असन्तुष्टि बढेको बेलामा दुई नेताबीचको भेट भएको हो । अध्यक्ष ओली र सभापति लामिछानेको यो भेटलाई लिएर यतिबेला बिभिन्न किसिमका बिश्लेषणहरु गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *