शेखर पक्षका विद्याथीले मागे प्रधानमन्त्रीको राजीनामा

सेयर गर्नुहोस्

२० पौष, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाली विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै सडकमा प्रदर्शन गरेको छ । नेपाली बिद्यार्थी संघको कोइराला पक्षले प्रधानमन्त्रीको राजीनामा माग गरेको हो । नेविसंघले सरकारविरूद्ध मार्चपास गरेको छ । प्रचण्ड नेतृत्वको सरकारको राज्य आतंकविरूद्ध भन्दै नेविसंघले शुक्रबार केन्द्रीय समितिको आह्वानमा भएको मार्चपास अनामनगरदेखि सुरू भएर बालुवाटारतर्फ गएको हो ।

नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेकोले मार्चपास गरिएको बताए । सुन, एनसेललगायत भ्रष्टाचार प्रकरणमा जोडिएकालाई कारबाही नगरी आफूनिकट मान्छेको नाम आउँदा सरकार मौन बसेकोले खबरदारी गरेको विद्यार्थहरुले बताएका छन् । रोजगारी मागेका युवालाई बालकुमारीमा गोली हान्ने काम गरेकोले पनि हामीले प्रधानमन्त्रीको राजीनामा मागेको उनीहरुके भनाइ छ । उनीहरूले सत्तास्वार्थमा प्रचण्ड सरकार लिप्त भएको आरोपसमेत लगाएका छन् । कांग्रेसको संस्थापनइतर समूहनिकट नेविसंघले सरकारविरूद्ध मार्चपास गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *