त्रिभुवन विमानस्थलबाट एक महिला सुनसहित पक्राउ

सेयर गर्नुहोस्

२२ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरिएको छ । दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएकी थिइन् । सुन एक किलोभन्दा बढी हुनसक्छ । धुलो बनाएर पेन्टी र ब्रामा सुन लुकाएर ल्याएकी छन्, एसपी विष्टले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *