टर्कीका राष्ट्रपति र अमेरिकी विदेशमन्त्रीबीच गाजा द्वन्द्वबारे छलफल

सेयर गर्नुहोस्

२२ काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इस्तानबुलमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरेका छन् । टर्कीका राष्ट्रपतिसँग भेट हुनुअघि ब्लिन्केनले टर्कीका विदेशमन्त्री हाकान फिदानसँग दुई घण्टा लामो भेटवार्ता गरेका हुन् । 

जसमा दुवै मन्त्रीले गाजामा जारी द्वन्द्व र मानवीय सङ्कटका साथै स्विडेनको नाटो सम्मिलित प्रक्रियालगायत अन्य द्विपक्षीय र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको थियो । अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि यस क्षेत्रमा तनाव बढ्दै गएको बेला ब्लिन्केन क्षेत्रीय भ्रमणको भागको रूपमा शुक्रवार राति इस्तानबुल पुगेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *